नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज : फिल्म ‘सुपर धने’ निर्माण घोषणा – Nepal Press

नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज : फिल्म ‘सुपर धने’ निर्माण घोषणा

काठमाडौं । साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । उक्त सिरिजको शुक्रबार छायांकन इन्ड-कल्याप गरिएको हो । सिरिजको ट्रेलर समेत आजै इन्टरनेट लन्च गरिएको छ ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय छ ।

सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भएफएक्स जोन राईको रहनेछ ।

सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देन र इश्वर घिमिरेको व्यावस्थापन छ ।

जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिज र फिल्मको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथिको रुपमा उपस्थित थिए । उनीहरुले कार्यक्रममा बोल्दै नेपालमा पहिलो पटक फरक विषयमा फिल्म र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए ।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को छायांकन अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन हुने भएको छ । अहिले पटकथा लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्म छायांकन नेपाल र युरोपमा गरिनेछ । यसका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *