सुदूरपश्चिमका गोजुरीयो कराते दोजोहरुको निरीक्षण – Nepal Press

सुदूरपश्चिमका गोजुरीयो कराते दोजोहरुको निरीक्षण

कैलाली । सुदूरपश्चिम प्रदेशमा रहेका गोजुरीयो करातेको दोजोहरुको राष्ट्रिय गोजुरीयो कराते दो संघ नेपालका प्रमुख प्रशिक्षक आरसी सुवेदी लगायतको टोलीले निरीक्षण गरेको छ ।

कैलालीको लम्कीमा चलिरहेका दुई वटा दोजोहरु, पहलमानपुर र सुखडमा रहेका दोजोहरु, गोदावरीको मालाखेती, ओलानीका विभिन्न दोजोहरु तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको ज्योति दोजोमा उक्त टोलीले निरीक्षण गरिएको हो ।

प्रमुख प्रशिक्षक सुवेदीले दाजोहरुको निरीक्षण गर्दै खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए । सुदूरपश्चिम प्रदेशमा गोजुरीयो कराते प्रति खेलाडीहरूको आकर्षण बढिरहेको भन्दै उनीहरूलाई प्रमुख प्रशिक्षक सुवेदीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने गरी तयारी गर्न समेत सुझाव दिएका थिए ।

खेलाडीहरूलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

भोलि धनगढी दोजोको निरीक्षण गर्ने त्यसपछि कञ्चनपुरको बेलौरी, पुनर्वास नगरपालिकामा रहेको विभिन्न दोजोहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको संघका महासचिव तथा सहायक प्रमुख प्रशिक्षक प्रकाश चन्दले जानकारी दिए ।

निरीक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक सुबेदी, सहायक प्रशिक्षक चन्द तथा संघका कोषाध्यक्ष नरेन्द्र वली, केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगी, केन्द्रीय सदस्य पशुपति सुवेदी र कुवेर खड्का लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर