तोलामा ९०० रुपैयाँले घट्यो सुन
नेपाल प्रेस
२०७८ माघ १४ गते १२:०१
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपंैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर