अष्ट्रेलियन ओपन : हालेप चौथो चरणबाट बाहिरिइन् – Nepal Press

अष्ट्रेलियन ओपन : हालेप चौथो चरणबाट बाहिरिइन्

काठमाडौं । दुई पटककी ग्राण्डस्लाम विजेता सिमोना हालेप अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन् ।

आइतबार मेलबर्न पार्कमा भएको खेलमा विश्व वरियताको ६१औं स्थानकी फ्रेन्च खेलाडी अलिजे कोरर्नेटसँग ६–४, ३–६, ६–४ को नतिजामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

वरियताको १४औं स्थानमा रहेकी हालेप २०१८को फाइन पुगेकी थिइन् ।

अलिजेले सेमिफाइनल प्रवेशका लागि वरियताको २७औं स्थानकी डानियल कोलिन्सको सामना गर्नेछिन् ।

कोलिन्सले चौथो चरणमा १९औं वरियताकी इलिस मर्टिन्सलाई ४–६, ६–४, ६–४ को नतिजामा हराउँदै क्वाटरफाइनलमा अलिजेसँगको भेट पक्का गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर