मिडियालाई छल्दाछल्दै आउट भयो अनुष्का-विराटकी छोरीको तस्बिर : फोटोलाई भाइरल नबनाइदिन अपिल – Nepal Press

मिडियालाई छल्दाछल्दै आउट भयो अनुष्का-विराटकी छोरीको तस्बिर : फोटोलाई भाइरल नबनाइदिन अपिल

दिल्ली । छोरीको अनुहारलाई मिडियाबाट लुकाउँदै आएका अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्बिर सार्वजनिक भएको छ। केपटाउनमा सम्पन्न भारत र दक्षिण अफ्रिकाको एकदीवसिय क्रिकेट खेल हेर्न पुगेकी अनुष्का र छोरीको तस्बिर सार्वजनिक भएको हो ।

उक्त खेलमा ५० रन जोडेका विराटले खुशीमा छोरीतर्फ हेर्दै सेलिव्रेसन समेत गरेका थिए । तस्बिरमा अनुष्काले विराटको ५० रनको खुशियालीलाई सेलिव्रेट गर्न छोरी भमिकालाई काँधमा लिएर थपडी बजाइरहेको देख्न सकिन्छ ।

यो तस्बिर सार्वजनिक भएपछि फ्यानहरुले सामाजिक संजालबारे प्रशंसा गर्दै तस्बिर सेयर गरिरहेका छन् । सन्तान प्राप्तीपछि विराट र अनुष्काले गोपनियतालाई कायम राख्न भन्दै मिडियाबाट छोरीलाई लुकाउँदै आएका थिए । तर अहिले भने छोरी भमिकाको स्पष्ट चित्र मिडियामा आइसकेको छ । सन्तानलाई जन्माएपछि भमिकाको यो पहिलो तस्बिर समेत हो ।

छोरीको तस्बिर भाइरल बनेपछि अनुष्काले आज विज्ञप्ति जारी गर्दै आफूहरुले यसअघि गरेको आग्रहलाई पालना गर्न क्यामेरापर्सन र मिडियालाई आग्रह गरेको बताएकी छिन् । यसअघि विराट र अनुष्काले छोरीको तस्बिर नखिचिदिन र पोस्ट नगर्न समेत अपिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *