पीएसजीको जितमा रामोसको डेब्यू गोल – Nepal Press

पीएसजीको जितमा रामोसको डेब्यू गोल

काठमाडौं । सर्जियो रामोसले पेरिस सेन्ट जर्मन(पीएसजी) का लागि पहिलो गोल गरेका छन् । रामोसको डेब्यू गोल गरेको खेलमा लिग वान लिडर पीएसजीले रेइम्सलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

खेलको ४४औं मिनेटमा मार्को भेराट्टिले पीएसजीलाई अग्रता दिलाएका थिए । यस्तै, रामोसले ६२औं मिनेटमा डेब्यू गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । रेइमसका वाउट फेइसले ६७औं मिनेटम आत्माघाती गोल गर्दा पीएनीले तीन गोलको अग्रता लिएको थियो ।

यस्तै, डानिलो पेरेइराले ७५औं मिनेटमा गोलगर्दै पीएसजीको जित सुनिश्चित गरे । पीएसजी दोस्रो स्थानको नाइससँग ११अंकको अग्रता कायम राख्दै लिग वान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर