१० हजार २५४ संक्रमित थपिए, एकैदिनमा १६ जनाको मृत्यु – Nepal Press

१० हजार २५४ संक्रमित थपिए, एकैदिनमा १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । 

मुलुकका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *