विश्वकप छनोटअघि नेपालले चार देश सम्मिलित शृंखला खेल्ने – Nepal Press

विश्वकप छनोटअघि नेपालले चार देश सम्मिलित शृंखला खेल्ने

काठमाडौं । नेपालले ओमानमा हुने आईसिसी टी-२० विश्वकप क्रिकेटको विश्वस्तरको छनोटको पूर्व सन्ध्यामा चार देश सम्मिलित शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानमै हुने उक्त टी-२० अन्तरर्राष्ट्रिय शृंखलामा घरेलु टोली, यूएई र आयरल्यान्ड पनि हुने छन् ।

नेपालले फेब्रुअरी ११ मा ओमान, फेब्रुअरी १२ तारिखमा यूएई र फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्ने छ ।

नेपालले फेब्रुअरी १७ तारिखदेखि विश्वकप छनोट खेल्ने छ। नेपालले यसअघि एकपटक मात्र टी-२० विश्वकप खेलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर