आर्मीविरुद्ध आसिफ र प्रदिपको उत्कृष्ट अर्धसतक
काठमाडौं । आसिफ शेख र प्रदिप ऐरीले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवविरुद्ध अर्धसतक हानेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफका लागि ओपनिङमा आएका आसिफले ३० बलमा ७ चौका र २ छक्कासहित अर्धसतक र प्रदिप ऐरीले ४२ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका हुन् ।
दुवै खेलाडीको प्रतियोगितामा यो दोस्रो अर्धसतक हो । यसअघि प्रदेश दुईविरुद्ध १ सय २० रनको साझेदारी गर्दै दुवैले अर्धसतक बनाएका थिए ।
जारि खेलमा १ सय २७ रनको साझेदारि गर्दै अर्धसतक बनाएका छन् ।
एपीएफले अहिले १४ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई १ सय ३१ रन जोडेको छ ।