प्रधानमन्त्री कप क्रिकेट- पुलिसले वागमतीलाई दियो १५६ रनको लक्ष्य – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट- पुलिसले वागमतीलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो ।

सुरुवाती दुई विकेट लगातार गुमाएको पुलिसको तेस्रो विकेटका लागि पवन सर्राफ र अनिल शाहले ७८ रनको साझेदारी गरेका थिए ।

ओपनिङमा आएका पवनले ५४ बलमा ३ चौका र तीन छक्कासहित सर्वाधिक ५९ रन जोड्दै उतकृष्ट इनिङ खेले । यस्तै, चौथो नम्बरमा क्रिजमा उत्रिएका अनिल शाह २४ बलमा २५ रनको योगदान गरेर पभेलियन फर्किए ।

आरिफ सेख ९ बलमा १२ रन जोड्दा दिलिप नाथले १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनको योगदान गर्दै उत्कृष्ट फिनिस गरे ।  रासिद खान ५ रनमा अविजित रहे ।

बाग्मतीको वलिङमा नन्दन यादव र रिजन ढकालले समान २ विकेट लिए । प्रतिस जिसीले १ विकेट लिए ।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर