कांग्रेस नेतृसँग गायक यम बरालको गुपचुप बिहे – Nepal Press

कांग्रेस नेतृसँग गायक यम बरालको गुपचुप बिहे

काठमाडौं । गायक यम बरालले दोस्रो बिहे गरेका छन् । कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन् ।

गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले बताएको छ । यद्यपि, गायक बरालले विवाह गरेको सार्वजनिकरुपमा स्वीकारेका छैनन् ।

नेपाल प्रेसले विवाहको विषयमा प्रश्न गर्दा बरालले ठाडै इन्कार गरे । ‘यो हल्ला मात्रै हो,’ उनले भने, ‘विहे गरेँ भने त सबैलाई खबर दिएरै गर्छु नि ।’

तर, उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । टेलिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडिओमा दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको देखिन्छन् ।

गीता हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार थिइन् ।

गायक बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो । १० वर्षसम्म एकल जीवन बिताएका गायक केही समय अमेरिका बसेर फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *