थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्दै पल, कवितासँग जोडी बाँध्ने – Nepal Press

थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्दै पल, कवितासँग जोडी बाँध्ने

काठमाडौं । अभिनेता पल शाहले थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्ने भएका छन् ।

थारु भाषामा बनेको चर्चित गीत ‘ओ सजन’को दोस्रो सिक्वेल हिट भएपछि निर्माता कम्पनी पिके फिल्मसले पल र मोडल कविता रायलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो ।

फिल्मका दुई मुख्य कलाकार फाइनल भएको संगीतकार समेत रहेका पिके फिल्मसका नरेश जोगीले नेपाल प्रेसलाई बताए । सोमबार इन्टरनेट रिलिज भएको उक्त थारु गीत ‘ओ सजन २’मा समेत पल र कविताले जोडी बाँधेका छन् ।

मधेशी समुदायबाट उदाएकी मोडल कविता र पलको केमेस्ट्री उक्त गीतमा देख्न सकिन्छ ।

थारु, नेपाली र भोजपुरी भाषामा निर्माण हुने फिल्मको टाइटल चाहिँ ‘ओ सजन’ राखिने भएको छ । थारु भाषामा प्रिय मान्छे अर्थात प्रेमीप्रेमिकालाई ओ सजन भनेर सम्बोधन गरिन्छ ।

सोही बोलको गीत हिट भएपछि पिके फिल्म्सले यसमाथि फिल्म निर्माणको घोषणा गरेको हो ।

थारु संस्कृतिक झल्काउने गरी बन्ने यो प्रेमकथानक फिल्मको छायांकन कोरोनाभाइरस महामारीको स्थितीमा सुधार भएपछि अघि बढ्ने भएको छ । फिल्म निर्माणको औपचारिक घोषणा चाँडै हुने जानकारी जोगीले दिए । पिके फिल्म्सले निर्देशकसहितको टीम सार्वजनिक गर्ने भएको छ ।

हेर्नूस थारु गीत ‘ओ सजन २’ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *