एमाले स्याङ्जाको अध्यक्षमा सांसद मरासिनीलाई हराउँदै पूर्वमाओवादी गैरे निर्वाचित – Nepal Press

एमाले स्याङ्जाको अध्यक्षमा सांसद मरासिनीलाई हराउँदै पूर्वमाओवादी गैरे निर्वाचित

स्याङ्जा । नेकपा एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । अर्का उम्मेदवार नारायण मरासिनीलाई १८३ मतले पछि पार्दै गैरे निर्वाचित भएका हुन् । उनी पूर्वमाओवादी हुन् । अध्यक्षमा पराजित मरासिनि स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सांसद हुन् ।

गैरेले ४४० मत प्राप्त गरे । प्रतिद्वन्द्वी मरासिनीले २५७ मत ल्याए । उपाध्यक्षमा कृष्ण खाण निर्विरोध भएका छन् । निर्वाचनमा ६९८ मत खसेको थियो ।

हेर्नुस्- मतपरिणाम:

अध्यक्ष- सूर्यप्रसाद गैह्रे पारस – ४४० विजय

अध्यक्ष – नारायण मरासिनी – २५७

उपाध्यक्ष -कृष्ण खाण -( निर्विरोध)

सचिव – भुपराज अधिकारी – २८०

सचिव – राजेन्द्र डुम्रे – ३९४ विजय

उप सचिव – विश्व पौडेल – ३९५ विजय

उपसचिव – जीवन पौडेल – १५८

उप सचिव – तारा शर्मा – ३७३ विजय

उप सचिव – सन्तोष के. सी. – ३४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर