ए डिभिजन लिगको आठौं चरण सकियो, उपाधि होडमा मछिन्द्र र मनाङ – Nepal Press

ए डिभिजन लिगको आठौं चरण सकियो, उपाधि होडमा मछिन्द्र र मनाङ

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आठौं चरणका खेलहरू सकिएको छ । आठौं चरणको समाप्तिमा लिगमा सय गोल पूरा भएको छ । कुल १ सय ७ गोल भएका छन् र ९१ मध्ये ५६ खेलहरू भएका छन् ।

पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध ५-० गोलको नतिजामा निकालेको जित नै जारी लिगको सबैभन्दा ठूलो अन्तरको जित हो । यो जितसँगै मनाङले पोखरामा खेलेका तीनवटै खेलमा सतप्रतिशत जित निकालेको छ ।

पोखरामा भएको च्यासलविरुद्धको खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गर्दै लिमगा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले ह्याट्रिक गरेका थिए ।

आठौं चरणमा सातमध्ये तीन खेल नतिजाविहीन रह्यो । विभागीय एपीएफ फुटबल क्लब र जावलाखेलले गोलरहित बराबरी खेले भने नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब तथा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेले । सातौं चरणमा कुल १३ गोल भए ।

साविकविजेता मछिन्द्र फुटबल क्लब फ्रेन्ड्सविरुद्ध पाएको आत्माघाती गोल उपहारसँगै २० अंक जोडेर लिग तालिकाको शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंकसहित संकटा तेस्रो र आर्मी गोलअन्तरका आधारमा चौथो स्थानमा छ ।

थ्रीस्टार १३ अंक जोडेर पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा ११ अंकसहित छैठौं स्थानमा छ । एनआरटी १० अंकसहित साँतौ स्थानमा रहँदा सातदोबाटो आठौं, जावलाखेल नवौं, एपीएफ १०औं स्थानमा छ । एपीएफ ११ औं स्थानमा छ भने, ब्रिगेड १२ औं स्थानमा छ ।

यस्तै, आठ खेलबाट ५ अंक जोडेको च्यासल युथ र ३ अंकजोडेको फ्रेन्ड्स रेलिगेशन जोनमा छन् ।

लिगमा नवौं चरणको खेल आगामी शुक्रबारबाट सुरू हुनेछ ।

आठौं चरणको नतिजाः

संकटा क्लब १-१ सातदोबाटो युथ क्लब

एपीएफ फुटबल क्लब ०-० जावलाखेल युथ

मछिन्द्र फुटबल क्लब १-० फ्रेन्ड्स

मनाङ मस्र्याङ्दी क्लब ५-० च्यासल युथ क्लब

न्युरोड टिम एन आ टी ०-१ त्रिभुवन आर्मी फुटबल क्लब

थ्रीस्टार क्लब २-० हिमालयन शेर्पा क्लब

नेपाल पुलिस क्लब -१ ब्रिगेड ब्वाईज क्लब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर