सनराइज बैंकको बचत खातामा सम्पूर्ण सुविधा – Nepal Press

सनराइज बैंकको बचत खातामा सम्पूर्ण सुविधा

काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

सनराइज सम्पूर्ण बचत खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

उक्त खातामा बैंकले पाँच वर्षका लागि निः शुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क लाग्दैन ।

यस बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँ सम्मको अस्पताल भर्ना खर्च र २० हजारसम्म सम्मको ओपीडी खर्च सुविधा पाउने छन् । ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमाको पनि सुबिधा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *