आविष्कार केन्द्रले बनाएको बेबी वार्मर ज्योति विकास बैंकले वितरण गर्‍यो – Nepal Press

आविष्कार केन्द्रले बनाएको बेबी वार्मर ज्योति विकास बैंकले वितरण गर्‍यो

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।

लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो ।

वितरण गरिएको बेबी वार्मर राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै आविष्कार गरिएको छ ।

बैंकले ५ वटा अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीले बेबी वार्मर हस्तान्तरण गरेका हुन ।

बैंकले अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *