प्रिमियर लिगमा टोटनहमको कठिन जित – Nepal Press

प्रिमियर लिगमा टोटनहमको कठिन जित

काठमाडौं । डाभिन्सन सान्चजको निर्णायक गोलसँगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० गाेलअन्तरको जित निकालेको छ ।

शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।

टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्‍याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।

एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ ।

आर्सनलले लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २–१ को नतिजा सुम्पिएको थियो । शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३–२ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर