राष्ट्रिय मेयर कप तेक्वान्दोको स्वर्ण जुम्ल्याहा दाजुभाइलाई – Nepal Press

राष्ट्रिय मेयर कप तेक्वान्दोको स्वर्ण जुम्ल्याहा दाजुभाइलाई

काठमाडौं । प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण गोलेले स्वर्ण जितेका छन् ।

वागमती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेको हो ।

एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोस्रो भए भने लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेश्रो भए ।

लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि लुम्बिनीका युवराज लामालाई हराउँदै स्वर्ण जिते ।

आयोजक ‘ए’ र ‘बी’ का पुष्पप्रसाद गौतम र मुहम्मद उमर खान संयुक्त तेश्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोश्रो तथा लुम्बिनीकी सुनिता विष्ट र आयोजक ‘ए’ की रंगिला रोका तेश्रो स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो । प्रहरी दोश्रो भयो भने आयोजक ‘ए’ र लुम्बिनी तेश्रो बने ।

जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा गरे । आयोजक ‘बी’ दोश्रो तथा गण्डकी प्रदेश तेश्रो भए ।

जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ का श्रृजल श्रेष्ठले स्वर्ण, आर्मीका सुजन श्रेष्ठले रजत तथा कर्णाली प्रदेशका दिनेश मगर र प्रदेश १ का निङमा तामाङले कांस्य हात पारे । जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुन पहिलो, आयोजक ‘ए’ की मोनिका रम्तेल दोश्रो तथा प्रदेश १ की शान्ति राई र एपीएफकी रोशनी सिलवाल तेश्रो भए ।

जुनियर पेयर पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन पहिलो, प्रदेश १ का निङमा तामाङ र शान्ति राई दोश्रो तथा आयोजक ‘बी’ का योगुन राई र हिमाल अधिकारी तथा आर्मीका रिता श्रेष्ठ र सुजन श्रेष्ठ तेश्रो भए ।

प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष केशव पुरीले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर