४ हजारमा बाइक र ५५० मा साइकल बिक्री गर्न बोलपत्र आव्हान – Nepal Press

४ हजारमा बाइक र ५५० मा साइकल बिक्री गर्न बोलपत्र आव्हान

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाको औद्योगिक क्षेत्रले सवारीसाधन लिलाम बिक्रीसम्बन्धी बोलपत्र आव्हानको सूचना प्रकाशन गरेको छ ।

औद्योगिक क्षेत्रले एउटा हिरो हण्डा स्प्लेण्डर बाइक र १२ वटा साइकल लिलाम बिक्री गर्न लागेको हो । बाइकको मूल्य ४ हजार र साइकल प्रतिगोटा ५५० मूल्य तोकेको छ ।

औद्योगिक क्षेत्रले २१ दिने सूचना निकालेर १२ वटा साइकल र एउटा बाइक १० हजार ६ सयमा लिलाम बिक्री गर्न लागेको हो । इच्छुकलाई आवेदनका लागि २१ दिनको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *