ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई उत्कृष्ट अस्पताल व्यवस्थापन अवार्ड – Nepal Press

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई उत्कृष्ट अस्पताल व्यवस्थापन अवार्ड

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएबापत फ्रान्सस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले नेपालका रामशरण भण्डारीलाई उत्कृष्ट अस्पताल व्यवस्थापन अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीलाई विश्वविद्यालयले पठाएको पत्रमा अस्पताल व्यवस्थापनमा व्यवसायिक चिकित्सकीय प्रमाणपत्र अवार्ड प्रदान गर्न लागिएको उल्लेख छ ।

साथै, उनले नेपालको सामाजिक, वाणिज्य र आर्थिक क्षेत्रमा दिएको योगदानको पनि उच्च मूल्यांकन गरिएको उल्लेख छ ।

‘केही वर्षदेखि सम्बन्धित क्षेत्रमा भण्डारीको सक्रियता र योगदानले मानिसहरुलाई लाभ मिलिरहेको छ’ युनिभर्सिटीको पत्रमा उल्लेख छ, ‘क्षमतावान र सिपयुक्त तपाईंजस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउँदा हामीले गौरव र खुशिको महसुस गरेका छौं ।’ अवार्ड ग्रहण गर्न आगामी जनवरीमा थाइल्यान्डको बैंककमा हुने कार्यक्रममा भाग लिन समेत निम्तो दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *