संक्रामक रोगविरुद्ध विश्वब्यापी एकताको लागि राष्ट्रसंघीय महासचिवको आह्वान – Nepal Press

संक्रामक रोगविरुद्ध विश्वब्यापी एकताको लागि राष्ट्रसंघीय महासचिवको आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडिओ सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताए ।

कोभिड-१९ संक्रामक रोगले संसारभरि कत्तिको चाँडो संक्रमण फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताएका छन् । हालसालै देखिएका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको हाम्रो असफलता पनि प्रकट गरेको महासचिवले उल्लेख गरे ।

संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड-१९ मानवताका लागि अन्तिम महामारी नहुने बताएका छन् । विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि, अर्कोको लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *