सिरिन्ज अभावमा फाइजर खोप अभियान स्थगित – Nepal Press

सिरिन्ज अभावमा फाइजर खोप अभियान स्थगित

काठमाडौं । सिरिन्जको अभावमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरिएको फाइजरको खोप अभियान नेपालमा स्थगित भएको छ ।

स्वास्थ्य मन्त्रालयले सिरिन्ज अभावमा खोप अभियान अनिश्चित समयको लागि रोकिएको जनाएको छ । शुक्रबार सिरिन्ज आएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप लगाउने तयारीमा मन्त्रालय थियो ।

खोप राष्ट्रिय कार्यक्रमका संयोजक सागर दाहालका अनुसार भेरोसेल, अस्ट्राजेनेका, मोर्डना र जोन्सन खोप अभियान चाहिँ निरन्तर हुनेछन् । फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज आवश्यक पर्छ ।

कोभ्याक्स संयन्त्रमार्फत शुक्रबार नेपालले ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । खोपसँगै सिरिन्ज नआउने भएकाले समस्या भएको हो ।

प्रतिक्रिया

One thought on “सिरिन्ज अभावमा फाइजर खोप अभियान स्थगित

  1. सिरिन्ज व्यवस्था गर्न नसक्ने स्वास्थ्य मन्त्री तुरून्त राजिनामा दे । सुत्केरीकाे बील पेश गरेजस्ताे सजिलाे छैन । गफ त ठूलाे दिन्थे त यी मन्त्री । सिरिनेज पनि ल्याउन नसक्ने ? जनतालाई सेवा दिएकाे यहि हाे? प्रधानमन्त्रीलाई त मतलव नै छैन । परिवार मिलेर लुटनमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *