५६ लागे सलमान खान, सर्पदंशको उपचारपछि डिस्चार्ज भएका भाइजानले भने : म अहिले ठीक छु ! – Nepal Press

५६ लागे सलमान खान, सर्पदंशको उपचारपछि डिस्चार्ज भएका भाइजानले भने : म अहिले ठीक छु !

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई क्रिसमसको दिनमा विषालु सर्पले टोकेको थियो । उनी पनवेल फार्म हाउसमा क्रिसमस सेलिव्रेट गर्न पुगेका थिए । यो जानकारी बाहिर आएपछि फ्यानहरु उनको स्वास्थ्य स्थितीलाई लिएर चिन्तित हुन पुगे ।

सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै सलमानले आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन् । यसअघि पनि आफूलाई तीनपटक विषालु सर्पले टोेकेको बताउँदै सलमानले उपचारपछि स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

उपचारपछि सलमान अहिले घरमा पुगेका छन् । तर, उनी अस्पतालमा रहँदाको फोटो अहिले इन्टरनेटमा भाइरल बनेको छ । यो तस्बिर भाइरल हुन थालेपछि उनका प्रशंसकले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनको आज ५६ औं दिन पनि हो । यो छेकोमा उनलाई स्वास्थ्य लाभको कामना मिलिरहेको छ ।

सर्पले टोकेपछि आफू ६ घण्टा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था ठीक रहेको उनले बताएका छन् । आइतबार राती आफ्नो मुम्बइस्थित निवास ग्यालेन्सी अपार्टमेन्टमा सलमान देखिएका थिए । उनले त्यहाँबाट फ्यानलाई जन्मदिनको शुभकामनास्वरुप अभिवादन दिएका थिए।

सलमान नेपालमा समेत लोकप्रिय छन् र उनका सबैजसो फिल्मले राम्रो व्यवसायिक प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *