एमाले सुर्खेतको अध्यक्षका लागि यी हुन् दाबेदार – Nepal Press

एमाले सुर्खेतको अध्यक्षका लागि यी हुन् दाबेदार

सुर्खेत । जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले सुर्खेतको नेतृत्वमा पनि चर्चा सुरु भएको छ । पुस २३ गते हुने जिल्ला सम्मेलनमा झण्डै ६ सय प्रतिनिधिले अध्यक्ष चुन्नेछन् ।

वर्तमान अध्यक्ष ध्रुव शाहीले अध्यक्ष पद हस्तान्तरण गर्ने यसअघि नै बताइसेका छन् । त्यसैले जिल्ला नेतृत्वका लागि तीन जनाले दाबी परेकाे छ ।

अध्यक्षका लागि कुलमणि देवकोटा, अमृत बिसी र डण्डीप्रसाद शर्माले इच्छा देखाएका छन् ।

‘हामी उहाँहरु मध्येबाटै सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास गर्नेछौं,’ एमाले सुर्खेत अध्यक्ष शाही भन्छ्न, ‘अबको केही दिनमै हामी नेतृत्व चयन गर्छौ ।’ यद्यपि उनले अहिले नै को अध्यक्ष बन्ने भन्ने कुराको टुंगो नलागेको प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर