१६७ कोरोना संक्रमित थपिँदा २२६ जना डिस्चार्ज – Nepal Press

१६७ कोरोना संक्रमित थपिँदा २२६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १६७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले पीसस्आर विधिबाट ४ हजार २८३ जनाको परीक्षण गर्दा १५७ र २ हजार १६४ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज थप २२६ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ ।

यस्तै आज थप एकजनाको मृत्यु भएको छ ।

अहिले देशभरी ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *