यती एयरलाईन्सले सुरु गर्‍यो इलेक्ट्रोनिक ट्याग – Nepal Press

यती एयरलाईन्सले सुरु गर्‍यो इलेक्ट्रोनिक ट्याग

काठमाडौं । निजि क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाईन्सले आन्तरिक वायुसेवामा पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ । आज देखि यती एयरलाईन्स मार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सरसामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ ।

अन्तरर्रास्ट्रिय उडान गर्ने वायुसेवाहरुले पहिलेदेखि नै यसको प्रयोग हुँदै आएको भएपनि आन्तरिक वायुसेवामा यतीले पहिलो पटक यसको प्रयोग गरेको हो ।

पहिलो लकडाउन पश्चात् इलेक्ट्रोनिक बोर्डिङ पासको सुरुवात गरेको यतीले हाल व्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको हो ।

इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नं, ट्याग नं, यात्रुको नाम तथा बारकोड उल्लेख हुनेछ । यात्रु चेकईन गर्दा यात्रुको बोर्डिङ पास संगै सामानको ट्यागपनी कम्प्युटर प्रणालिबाट प्रिन्ट भएर आउने छ ।

बारकोड रिडर मार्फत चेक गरेर मात्र वायुयानमा लोड गर्दा अतिरिक्त सामान वायुयानमा नगई चेक इन गरेका सामानमात्र गन्तब्यमा पुग्ने हुँदा यात्रु सुरक्षामा मद्दत पुग्ने एअरलाईन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *