फ्राइडे रिलिज : चुरीफुरी, अतरंगी रेदेखि म्याट्रिक्ससम्म – Nepal Press

फ्राइडे रिलिज : चुरीफुरी, अतरंगी रेदेखि म्याट्रिक्ससम्म

काठमाडौं । शुक्रबारको नेपाली बक्सअफिसको भीडन्त रोचक हुने प्रक्षेपण गरिएको छ । ‘स्पाइडरम्यान : नो वे होम’ र ‘पुष्पा : द राइज’को दबदबा कायमै रहेको बेला थप तीन फिल्म रिलिज भएका छन् ।

नेपालको ‘चुरीफुरी’, बलिउडको ‘अतरंगी रे’ र हलिउडको ‘द म्याट्रिक्स : रिसुरेक्सन’ प्रदर्शनमा आएका छन् । रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य र सुरविर पण्डित अभिनित ‘चुरीफुरी’लाई मल्टिप्लेक्सले सोज दिएका छैनन् भने एकल पर्दामा मात्र यो रिलिज भएको छ ।

ऋषिराज आचार्य निर्देशित कमेडी फिल्म ‘चुरीफुरी’ले मानिसले कसरी हैसियत र औकातभन्दा बाह्य देखावटीमा विश्वास गर्छ र यसबाट सिर्जना हुने असरलाई यसले चित्रण गरेको छ ।

युट्युव र टीकटकमा हिट अनुहारहरु यसमा सामेल छन् । म्याकुरी नामले चर्चित पवन खतिवडादेखि युट्युवर शिशिर भण्डारी चर्चित नाम हुन् ।

आनन्द एल राय निर्देशित बलिउडको ‘अतरंगी रे’ कमेडी, ड्रामा र रोमान्स जनरामा निर्माण भएको छ । अक्षयकुमार, सारा अली खान र धनुषको मुख्य भूमिका यसमा छ ।

तामिल युवक र बिहारी युवतीबीचको प्रेम सम्बन्ध र विभिन्न कालखण्डमा देखिएको उतारचढाव यसको कथावस्तु हो ।

लाना वाचोस्की निर्देशित हलिउड फिल्म ‘द म्याट्रिक्स सुरेक्सन पनि आजैदेखि प्रदर्शनमा आएको छ । केनु रिभ्स, क्यारी एन मोस, जोनाथन ग्रोफको मुख्य भूमिका रहेको फिल्ममा दुईवटा फरक संसारको परिकल्पना गरिएको छ । एउटा बाहिर देखिने संसार र अर्को स्वैरकाल्पनिक संसार । कुन संसार यथार्थ हो भन्ने थाहा पाउन मुख्य पात्रले गर्नुपरेको संघर्ष यसको कथावस्तु हो ।

एक्सन, साइन्स र फिक्सन जनरामा यसलाई राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *