२९३ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु – Nepal Press

२९३ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२६ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यो बुधबारको भन्दा बढी संख्या हो । बुधबार २३६ जनामा कोरोना पुष्टि भएको थियो ।

९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थप २६३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार थप २ जनाको मृत्यु भएको छ । आज देशभरी ५ हजार १६१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *