नेपाली हरर फिल्म ‘कठपुतली’को ओर्जिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ) – Nepal Press

नेपाली हरर फिल्म ‘कठपुतली’को ओर्जिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)

नेपाली हरर फिल्म ‘कठपुतली’को ओरजिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)काठमाडौं। पुष १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओरजिनल साउन्ड ट्रयाक (ओएसटी) रिलिज भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयमा आधारित छ । मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्य समावेश छन् ।

यस गीतको भिडिओ भीएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ । फिल्मको कथावस्तुअनुसा तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

परिवार त्यागेका राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कार्म, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ ।

हरर जनरामा निर्माण भएको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेम्याटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *