तेस्रो लहरविरुद्ध देशभरका अस्पताललाई तयारी हालतमा रहन सरकारको निर्देशन (भिडिओ) – Nepal Press

तेस्रो लहरविरुद्ध देशभरका अस्पताललाई तयारी हालतमा रहन सरकारको निर्देशन (भिडिओ)

दिल्ली । सरकारले कोरोनाको सम्भावित तेस्रो लहरको चुनौतिसँग जुध्नेबारे तयारी अवस्थामा रहन मुलुकभरका अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् ।

छिमेकी मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको सन्दर्भमा नेपालले अपनाउनुपर्ने मापदण्ड र सतर्कता तथा पछिल्लो परिस्थितीबारे जानकारी दिन मन्त्री खतिवडाले ब्रिफिङमा बोेलेका थिए ।

उनले अस्पतालहरुलाई अक्सिजनसहितका उपचारलाई तयारी अवस्थामा रहन पत्राचारसहित निर्देशन दिइएको बताए । सीमा नाका हुँदै भारतबाट आउनेहरुलाई कडाइपूर्वक परीक्षण तथा क्वारेन्टिनमा राख्न सरकारले काम गरिरहेको बताउँदै हवाइमार्गबाट आउनेलाई पनि कडाइ गरिएको बताए ।

जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिकको साथ सरकारले चाहेको बताउँदै मन्त्री खतिवडाले खोप लगाएर सुरक्षित हुन पनि आग्रह गरे । गुणस्तरीय र प्रभावकारी खोप उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *