जी र सोनी पिक्चर्सबीच मर्जर : १.५७५ बिलियन डलरसहित भारतकै ठूलो मनोरञ्जन कम्पनी – Nepal Press

जी र सोनी पिक्चर्सबीच मर्जर : १.५७५ बिलियन डलरसहित भारतकै ठूलो मनोरञ्जन कम्पनी

दिल्ली । भारतका दुई ठूला मिडिया तथा मनोरञ्जन कम्पनीहरु सोनी पिक्चर्स र जि इन्टरटेनमेन्ट इन्टरप्राइजबीच मर्जर भएको छ । यो बहुचर्चित मर्जरपछि अब यी दुई कम्पनी आम्दानी तथा फिल्म, टिभी र स्ट्रिमिङ कन्टेन्टका हिसाबले अब भारतकै दोस्रो ठूलो इन्टरटेनमेन्ट कम्पनी बनेका छन् ।

गते सेप्टेम्बर २१ मै मर्जरको घोषणा भएपनि बुधबार बिहानमात्रै उनीहरुबीच लिखित सम्झौता भएको हो । मर्जरपछि सोनी पिक्चर्स इन्टरटेनमेन्टले बढी हिस्सा प्राप्त गर्नेछ । यो कम्पनी अब भारतमा सार्वजनिक कम्पनीको पनि सूचीकृत हुनेछ ।

मर्जरबीच कम्पनीसँग ७५ वटा टिभी च्यानल, सोनी लाइभ र जीफाइभजस्ता स्ट्रिमिङ प्लेटफर्म, दुईवटा ठूला फिल्म स्टूडियो, डिजिटल कन्टेन्ट स्टूडियो, हजारौं फिल्म तथा सिरिजका संयुक्त लाइब्रेरी उपलब्ध हुने भएका छन् ।

मर्जरपछि जी कम्पनीका सीइओ पुनित गोएन्काले व्यवस्थापकीय निर्देशकको रुपमा कम्पनीको नेतृत्व गर्नेछन् । दुबै कम्पनीले बोर्ड निर्देशकहरु चयन गर्नेछन् र तिनै निर्देशकले कम्पनीका सदस्यहरु चुन्ने जनाइएको छ ।

दुबै कम्पनीको मर्जरपछि कम्पनीको पूँजी १.५७५ बिलियन डलर हुने जनाइएको छ । कम्पनीको अबको ध्यान डिजिटल प्लेटफर्म र खेल प्रसारण अधिकारतर्फ हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *