मिस वर्ल्डको ग्रान्ड फिनाली चैत २ मा हुने, प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने – Nepal Press

मिस वर्ल्डको ग्रान्ड फिनाली चैत २ मा हुने, प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने

काठमाडौं । कोरोनाभाइरस महामारीले स्थगित भएको मिस वर्ल्डको ग्रान्ड फिनाली आगामी चैत २ गते (मार्च १६, २०२२)मा अमेरिकाको पुएर्तो रिकोमा हुने भएको छ ।

मिस वर्ल्ड आयोजकले मंगलबार बिहान प्रेस वक्तव्य जारी गर्दै फिनालीको मिति घोषणा गरेको हो । फिनाली स्थगित भएपछि स्वदेश फर्किएका प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने भएको छ ।

अन्तिम ३० मा प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ सोमबार नेपाल आइपुगेकी छिन् र उनी अहिले होम आइसोलेसनमा छिन् । गतसाता प्रतिस्पर्धी र आयोजकमा कोरोना संक्रमण भएपछि फिनाली स्थगित गरिएको थियो ।

मिस वर्ल्ड लिमिटेडकी प्रमुख जुलिया मोर्लेले फिनालीको तयारी पुरा भएको बताइन् । फिनालीलाई टेलिभिजनमार्फत विश्वभर प्रसारण गरिने जानकारी पनि दिइएको छ ।

अहिले अमेरिकामा कोरोनाभाइरस संक्रमण तीव्र भएपछि त्यहाँका कतिपय राज्यले प्रतिबन्धहरु लगाउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *