१० विधामा अस्कर अवार्ड मनोनयन घोषणा : भुटानको फिल्म पनि छानियो – Nepal Press

१० विधामा अस्कर अवार्ड मनोनयन घोषणा : भुटानको फिल्म पनि छानियो

लस एन्जल्स । विश्व फिल्मको सर्वोच्च अवार्ड अस्करले १० विधाको मनोनयन घोषणा गरेको छ ।

आज बिहान डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, म्युजिक (ओरजिनल स्कोर), म्युजिक ओरजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड एन्ड भिजुअल इफेक्ट विधाको मनोनयन सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधातर्फ १५ फिल्म मनोनित भएका छन् । ९२ वटा मुलुकका फिल्ममध्येबाट यी फिल्म छानिएका हुन् । दक्षिण एसियाली मुलुक भुटानको ‘लुनाना : अ याक इन द क्लासमरुम’ मनोनित भएको छ ।

यसवर्ष नेपालले अस्करमा कुनैपनि फिल्म पठाएको थिएन । १५ वटा फिल्म डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सब्जेक्टमा १५ फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङमा १० फिल्म, ओरजिनल स्कोर म्युजिकतर्फ १५ फिल्म, म्युजिक ओरजिनल सङतर्फ १० गीत छानिएका छन् ।

ध्वनी विधातर्फ ड्युन, द म्याट्रिक्स, नो टाइम टु डाइसहितका १० फिल्म मनोनित भएका छन् । भिजुअल इफेक्टतर्फ ब्ल्याक विडो, ड्युन, इटर्नल्स, म्याट्रिक्स, स्पाइडरम्यान नो वेम होम लगायत मनोनित भएका छन् ।

जनवरी २७ देखि मनोनित फिल्ममाथि मतदान हुनेछ र समापन चाहिँ फेब्रुअरी १, २०२२ मा हुने भएको छ । अस्कर अवार्डको मनोनयन घोषणा चाहिँ फेब्रुअरी ८, २०२२ मा हुने भएको छ ।

९४ औं अस्कर अवार्ड वितरण मार्च २७, २०२२ मा हलिउडको डल्बी थिएटरमा आयोजना हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *