१० खेलाडीमा समेटिएको सेभियासँग रोकियो बार्सिलोना – Nepal Press

१० खेलाडीमा समेटिएको सेभियासँग रोकियो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा खराव लयबाट गुज्रिरहेको बार्सिलोना १० खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो ।

एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा अग्रता बनाएको थियो । उनले बार्सिलोनाकै पूर्व खेलाडी इभान राकिटिचको पास सदूपयोग गरे ।

हाफ अघिनै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ४५औं मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए । खेलको ६४ मिनेटमा सेभिया १० खेलाडीमा समेटियो । उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए ।

पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिया भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ ।

बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर