थ्री बाई थ्री बास्केटबलको उपाधि जेभियर र टाइम्सलाई – Nepal Press

थ्री बाई थ्री बास्केटबलको उपाधि जेभियर र टाइम्सलाई

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टूतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेशनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा मंगलबार जेभियरले अक्सब्रिजलाई १८-१२ ले पराजित गर्‍यो । जेभियरका निकेश मगरले १० अंक जोडे । मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८-७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९-१२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्लस टूको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७-१४ ले पराजित गरेको थियो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७-१२ तथा रुकिजले नवोदितलाई २१-१५ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टूमा टाइम्सका छिरिङ थिन्ले लामा मस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह-अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे, ई- क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।

तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टूमा समान २०-२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर