नेपाल बङ्गलादेश बैंकमा अब अनलाइन मुद्दती खाता खोल्न सकिने – Nepal Press

नेपाल बङ्गलादेश बैंकमा अब अनलाइन मुद्दती खाता खोल्न सकिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स डिपोजीटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले यो योजना विशेष गरी नेपाली तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ ।

योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *