डब्लुएचओको आग्रह : जीवन स्थगित गर्नुभन्दा जमघटलाई स्थगित गर्नूस’ – Nepal Press

डब्लुएचओको आग्रह : जीवन स्थगित गर्नुभन्दा जमघटलाई स्थगित गर्नूस’

ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा तीव्ररुपमा फैलिएको निष्कर्ष

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन डेल्टाभन्दा तीव्ररुपमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोप लगाइसकेका र पहिल्यै संक्रमित भैसकेकालाई पनि संक्रमित तुल्याएको जनाइएको छ ।

डब्लुएचओका प्रमुख बैज्ञानिक सौम्य स्वामीनाथनले ओमिक्रोनको सुरुआती लक्षण मध्यखालको भनेर बेवास्ता गर्नु हतारो र घातक हुनसक्ने बताए । ‘संक्रमण बढ्दै जाँदा सबै स्वास्थ्य प्रणालीमा दबाब परिरहेको छ’ स्वामीनाथनले जेनेभका एक पत्रकारसँग भने ।

ओमिक्रोनले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याएको बताउँदै उनले बुस्टर डोजको खोप अभियान प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई लगाउनुपर्नेमा उनले जोड दिइन् ।

‘डेल्टाभन्दा ओमिक्रोन भाइरस तीव्ररुपमा फैलिएको प्रमाण हामीसँग छ’ डब्लुएचओ निर्देशक डा. टेड्रोस आधानोम गेब्रेससले प्रेस ब्रिफिङमा भने, ‘खोप लगाइसकेका र संक्रमणमुक्त भैसकेका पनि पुनः संक्रमित हुनसक्ने प्रमाणहरु भेटिएका छन् ।’

ओमिक्रोनबाट संक्रमित हुने सम्भावना पाँच गुणा बढी रहेको र डेल्टाभन्दा कम लक्षण देखिने सम्भावना नरहेको समेत उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *