गुहेश्वरी फाइनान्स अब नेशनल पेमेन्ट स्वीचमा – Nepal Press

गुहेश्वरी फाइनान्स अब नेशनल पेमेन्ट स्वीचमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरूप गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा इ-म्यान्डेटका उपकरणहरू, विभिन्न भुक्तानीका लागि बिलर गेट वेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्ने छन् ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथा ओपन एपईआइका मार्फत फाइनान्सले ग्राहकलाई थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरू प्रदान गर्दै आएको छ ।
हाल नेशनल पेमेन्ट स्वीचमा ३५ वटा बैंक/वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३८ वटा संस्था आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *