व्यापार घाटा बढेपछि राष्ट्र बैंकले गर्‍यो कडाई, आयात हुने यी वस्तुमा नगद मार्जिन राख्नैपर्ने (सूचीसहित) – Nepal Press

व्यापार घाटा बढेपछि राष्ट्र बैंकले गर्‍यो कडाई, आयात हुने यी वस्तुमा नगद मार्जिन राख्नैपर्ने (सूचीसहित)

काठमाडौं । वस्तु आयातमा नेपाल राष्ट्र बैंकले थप कडाई गरेको छ । एकीकृत निर्देशन २०७६ परिमार्जन गर्दै राष्ट्र बैंकले चिनी, चकलेट, मिनरल वाटर, मदिरा, भिनागर, चुरोट, सुर्तिजन्य बस्तु र परफ्युममा सतप्रतिशत नगद मार्जिन राख्न भनेको छ ।

यस्तै कस्मेटिक सामान, काठका बस्तु, जुत्ता, चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु जस्ता बस्तुहरुको आयात गर्दा सतप्रतिशत नगद मार्जिन राखेर मात्रै प्रतितपत्र अर्थात एलसी खोल्न पाउने भएका हुन् ।

यसैगरी मोटरसाइकल र विद्युतिय सवारी साधान बाहेकका गाडी आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खोल्ने व्यवस्था गरेको छ । विदेशबाट वस्तुको आयातमा नगद मार्जिन राख्नुपर्ने भएकाले आयात निरुत्साहित हुने छ ।

आयात कडार्इको व्यवस्थाले शोधान्तर घाटा कम गर्न तथा सीडी अनुपात व्यवस्थापन गर्नका लागि सहज हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *