प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफको जित – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफको जित

कैलाली । घरेलु टोली सुदूुरपश्चिम प्रदेश र विभागीय टोली एपीएफले धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा जित निकालेका छन् ।

सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपीएफले प्रदेश नम्बर २ लाई हराएको हो । पहिलो खेलमा विभागीय टिम एपीएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको हो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफले ८ विकेट क्षतिमा ९८ रन बनायो । हुस्सु र शीतलहरले खेल सुरु हुँदा १५ ओभरमा घटाइएको थियो । उक्त खेलमा एपीएफका लागि ज्योति पाण्डेयले २४, इन्दु वर्माले २१, रोमा थापाले रन र ममत चौधरीले ११ रन बनाइन् ।

प्रदेश नम्बर २ का लागि विमला मगरले तीन विकेट लिइन् । त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक–एक विकेट लिइन् ।
९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले१५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो ।

प्रदेश नम्बर २ का लागि मेलिना रायमाझीले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । एपीएफका लागि सूक्ष्मा श्रेष्ठले दुई विकेट लिइन् । सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिइन् ।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रनमा गुमायो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेन् । गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक बन्यो ।

सुदुरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई–दुई विकेट लिइन् । कविता कुँवर र ईश्वरी विष्टले एक–एक विकेट लिइन् । ३२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो ।  ३२ रनको लक्ष्य सुदूरपश्चिमले दुई दशमलव १ ओभरमा पूरा गरेको हो । सुदूरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर