पुष्प र शिल्पा स्टारर ‘मंगलम’ इन्टरनेट रिलिज : केही घण्टामै नेपाल ट्रेन्डिङमा – Nepal Press

पुष्प र शिल्पा स्टारर ‘मंगलम’ इन्टरनेट रिलिज : केही घण्टामै नेपाल ट्रेन्डिङमा

काठमाडौं । फिल्म हलहरुमा राम्रो व्यवसायिक प्रदर्शन गरेको फिल्म मंगलम इन्टरनेट रिलिज भएको छ । लन्च भएको छोटो समयमै फिल्मले युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट रिलिज भएको मंगलमले नेटिजनबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

फिल्ममा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, नीर शाहको मुख्य अभिनय छ । छविराज ओझा प्रोडक्सन र गुण सिनेमाले मिलेर निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । गोविन्द फुयाँलको कथा, नवल नेपाल र गोविन्द फुयाँलको संवाद छ । फिल्मलाई विष्णु कल्पितले छायांकन गरेका हुन् । दीपक शर्माको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

यही फिल्मबाट अभिनेता खड्काले २०७४ सालमा सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए । पर्ख पर्ख मायालू बोलको गीतले यो फिल्मको सफलतामा साथ दिएको थियो । यो गीतले फिल्मलाई पब्लिसिटीलाई निकै मद्दत गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *