सोमबार २२० जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु – Nepal Press

सोमबार २२० जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन्। ४१४१ जनाको नमुना परीक्षण (२७२५ पीसीआर र १४१६ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५२२५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ पुगेको छ ।

२४ घण्टामा ८६ हजार ५९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *