प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ अन्तिम चारमा, वागमती र कर्णाली बाहिरिए – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ अन्तिम चारमा, वागमती र कर्णाली बाहिरिए

कैलाली । लुम्बिनी र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाइएको खेलमा ३ विकेट क्षतिमा कर्णाली प्रदेशले १७ रन बनायो ।

कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दीक्षा पुरीले अविजित ७ रन बनाइन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिइन् ।

कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेटको क्षतिमा पुरा ग(यो । ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लक्ष्मी चौधरीले १२ रन बनाइन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाइन् ।

कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ सँग ६ रनमा अलआउटमा भएको थियो ।

यस्तै दोस्रो दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाइन् ।

यस्तै स्मृति कटुवालले २० र सबनम राईले १५ रन बनाइन् । वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिएका थिए ।

११५ रनको विजय लक्ष्य पछ्याएको वागमती प्रदेश २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रनमा समेटियो । वागमतीका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्कासहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् ।

कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् । वागमतीका ५ जना खेलाडी रनआउट भए । कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र अलिशा खाडियाले एक एक विकेट लिए ।

प्रतियोगिताको समुह ‘ए’ मा रहेका वागमती र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समुह चरणमा खेलेका दुबै खेलमा पराजित हुदैं प्रतियोगिताबाट बाहिरिएका हुन् ।

कर्णाली प्रदेश हिजो भएको पहिलो खेलमा प्रदेश १ सँग १६० रनले पराजित भएको थियो । वागमती प्रदेश पनि लुम्बिनी प्रदेशसँग ७ विकेट र प्रदेश नम्बर १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर