एसियन सेन्ट्रल जोन खेल्ने महिला र पुरुष भलिबल टोलीलाई बिदाइ – Nepal Press

एसियन सेन्ट्रल जोन खेल्ने महिला र पुरुष भलिबल टोलीलाई बिदाइ

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको विदाई गरेको छ ।

ढाकामा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने टोलिलाई युवा तथा खेल्कुद मन्त्री महेश्वरजंग गहतराजले आईतबार एक कार्यक्रमबीच बिदाई गरेका हुन् ।

भलिबल टोली भोली १२ बजे ढाका प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा महिला टोलीतर्फ लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् । यस्तै शान्ती थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएका एपिएफकी रेश्मा भन्डारीसहित पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी यसपटक टोलीमा परेनन् ।

यस्तै पुरूषतर्फ मान बहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

प्रतियोगितामा महिलातर्फआयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र को सहभागिता रहने छ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने छ।

महिला भलिबल टोली : प्रतिभा माली,सरस्वती चौधरी,शान्ति थारु,उषा भण्डारी,सफिया पुन,सुनिता खड्का,मनिषा चौधरी,कामना विष्ट,लक्ष्मी चन्द, सलिना श्रेष्ठ,अरुणा शाही, कृपा अधिकारी

पुरुष टोली : ईम राना मगर, हरि हजुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बहादुर बम, शरण समारी क्षेत्री, विशाल विक विनोद चन्द

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर