एफआइएको अध्यक्षमा सुलाएम निर्वाचित – Nepal Press

एफआइएको अध्यक्षमा सुलाएम निर्वाचित

काठमाडौं । विश्वको एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइल साधारण सभा तथा निर्वाचन यसै हप्ता फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ । निर्वाचनमा युनाइटेड अरब इमिरेट्सका मोहमद बेन सुलाएम अध्यक्षमा निर्वाचित भएका छन् ।

पहिलो पटक नेपालले पनि विश्व महासंघको कार्यसमिति (जसलाई प्रेसिडेन्सिल र वल्र्ड काउन्सिल पनि भनिन्छ) मा रिजन २ को तर्फबाट नासा नेपालका गोविन्द भट्टराई चयन भएका छन् ।

विश्वका १५० भन्दा ज्यादा देशमा र करोडौं सदस्य रहेको राष्ट्रिय संघहरुको विश्वको अग्रणी मोटरिङ्ग संस्थाले मुलत् मोटरस्पोर्ट्स, अटोमोवाइल मोबिलिटी एण्ड ड्राइभ टुरिजम, रोड सेफ्टी एण्ड सस्टेनेबिलिटि, ई भेहिकल तथा इनोभेसनमा विश्वव्यापी तालिम तथा लबिङ्गको कार्य गर्दछ ।

सन् १९०४ मा स्थापित भएको एफआइएमा हाल एएसएन, एसीएन र एसोसिएसन गरि तीन किसिमका सदस्यहरु क्रियाशील छन् । नेपालको तर्फबाट नासा नेपाल एएसएन र एसीएन दुवै प्रकारको राष्ट्रिय संघ हो जो एक दशक देखि नेपाली अटोमोवाइलको क्षेत्रमा क्रियाशील छ ।

निर्वाचनमा मुलत मोटर स्पोर्ट्स, मोबिलिटी र टुरिजम, रोड सेफ्टी, गाडी निर्माताहरु फर्मुला वान र अन्य इभेन्ट, ड्राइभरहरु, इभेन्ट अर्गनाइजर, नागरिक संगठन, महिला र अपाङ्ग क्षेत्र, आइ एन जिओ र वातावरण लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु उम्मेद्वार रहेका थिए ।

एफआइएका महादेशीय संगठनहरु, विषयगत संस्थाहरु तथा रणनीतिक साझेदारहरु गरि ३ किसिमका संघ÷महासंघहरु रहेका छन् । भने प्रत्येक देशमा एउटा देखि पाँच वटा राष्ट्रिय संघहरु छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *