ए डिभिजन लिग : जावलाखेलको पहिलो जित, च्यासल पराजित – Nepal Press

ए डिभिजन लिग : जावलाखेलको पहिलो जित, च्यासल पराजित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १—० गोलअन्तरले पराजित गरेको छ ।

जारी सिजनमा आफ्नो पहिलो जित दर्ता गर्ने क्रममा जावलाखेलका लागि ३७औं मिनेटमा निकालोस फर्नान्डेजले निर्णायक गोल गरे । उनले ओङ्गुनाको क्रसमा सुन्दर गोल गरेका थिए ।

खेलमा च्यासलले थुप्रै अवसरहरू सृजना गरेपनि स्कोरमा कन्भर्ट गर्न सकेन ।

खेलको १२औं मिनेटमा च्यासलका फरवार्ड सुसन लामाको फितलो प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

यस्तै, जावलाखेलका मिडफिल्डर निकोलास फर्नान्डेजले १५औं मिनेटमा पेनाल्टी एरियाबाट हानेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो ।

जावलाखेलका फरवार्ड ओङ्गुना जुनियरले ३२औं मिनेटमा गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाएका थिए ।

च्यासलले ४४औं मिनेटमा गोलगर्ने सुन्दर मौका गुमाएको थियो ।

यानिक किट्चाले फ्रिकिक मार्फत गरेको प्रहारमा बिकाश मेराग्लियाको हेडर जावलाखेलका गोलकिपर तेजेन्द्रसिंह थापाले पन्च आउट गरिदिए ।

च्यासलकालागि ६६औं मिनेटमा फरवार्ड राजिव लोप्चनको ब्याकपासमा कर्ण सुब्बाको प्रहार जावलाखेलका गोल किपरले बचाए ।

यस्तै,७७औं मिनेटमा ओङ्गुनाको क्रसमा सुरज ज्यु ठकुरिको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

खेलको निर्धारित समयसम्म पनि गोल गर्ने अवसरहरू सदुपयोग गर्ननसकेको च्यासल ५ खेलमा ४ अंकसहित तालिकाको ११औं स्थानमा छ ।

पहिलो जित निकालेको जावलाखेल ४अंकसहित रेलिगेसन जोनबाट १०औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर