सेतोगुम्वाको ‘कुङ फु’लाई मार्सल आर्टको अन्तर्राष्ट्रिय अवार्ड – Nepal Press

सेतोगुम्वाको ‘कुङ फु’लाई मार्सल आर्टको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाै‌ । नेपालका गुम्वाहरु मध्ये स्वयम्भुको सेतो गुम्वामा मात्र खेलिने ‘कुङ फु’ लाई मार्सल आर्टस् अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०२१ बाट मार्सल आर्टस शैक्षिक अवार्ड प्रदान गरेको हो ।

युनेस्को र यस अन्तर्गत रहेको इन्टरनेश्नल सेन्टर अफ माट्र्सल आर्टस् फर युथ डेभवलमेन्ट एण्ड इन्गेन्जमेन्ट अन्डर द अस्पिसेस अफ युनेस्को (आइसिएम) ले उत्कृष्ट मार्सल आर्टस् भएको जनाउदै उक्त अवार्ड प्रदान गरेको अध्यक्ष सि जोङ लीले जनाएको छ ।

भिक्षुणीहरुले आत्मरक्षा र सुरक्षाका लागि खेल्ने “कुङ फुु नुन्स” तिब्बतबाट शुरु भएको मानिन्छ । यो खेल हाल तिव्वत लगायत भारत, भुटान र नेपालमा खेलिने गरिएको छ ।

नेपालमा भने स्वयंभुको सेतो गुम्वाका भिक्षुणी आनीहरुले मात्र खेल्दै आएको छ ।

गुम्वामा अध्यनका लागि भर्ना भएका प्रत्येक आनीहरुले अध्यन र ध्यान मात्र नभएर शारीरिक तन्दुरुस्तीका लागि “कुङ फुु” खेल खेल्न अनिवार्य जस्तै गरेको गुम्वाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर