ए डिभिजन लिग : मछिन्द्र र संकटाको बराबरी – Nepal Press

ए डिभिजन लिग : मछिन्द्र र संकटाको बराबरी

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

एक मिनेट नबित्दै संकटाका लागि जय गुरुङको पासमा फोडे फोफानाले वान भर्सेस वानमा गरेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाएका थिए ।

खेलसुरू भएको ६ मिनेट नबित्दै मछिन्द्रका रञ्जित धिमालले फ्रिकिक कार्फत गरेको प्रहार संकटाका डिफेन्डरले क्लियर गरेका थिए ।

सुनिल बलले २१औं मिनेटमा कर्नरबाट गरेको प्रहार संकटाका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्ड बलमा विशाल राईको प्रहार फ्रेममा परेन ।

रन्जित धिमालले ३०औं मिनेटमा गरेको क्रस सिधै संकटाका गोलकिपरको हातमा पुगेको थियो ।

दोस्रो हाफमा संकटामाथि दवाव बनाएपनि मछिन्द्रले गोल गर्न भने सकेन ।

यस्तै, खेलको ६१औं मिनेटमा सुनिल बलको पासमा मनिष डाँगीेको गोलले मान्यता पाएन ।

मछिन्द्र जारि लिगमा ३ जित दुई बराबरीसँगै ११ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै संकटा २ जित, ३ बराबरीसहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ ।

यो बराबरीसँगै मछिन्द्रको एएफसी छनोटको सम्भावना न्यून भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर