सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने – Nepal Press

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

काठमाडौं । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मंचन गरेर देखाइने बताए ।

अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए । नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक शुरु गर्न लागिएको उनले बताए ।

महाप्रवन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरुले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक शुरु गर्ने बताए ।

पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने उल्लेख गर्दै राईले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौंमा मात्रै नभइ बाहिर पनि विद्यार्थीहरुलाई देखाउने तयारी गरिरहेको बताए ।

महाप्रवन्धक राईले कक्षा १२ सम्मका नाट्यकृतिहरुलाई मात्र नभइ मास्टर, डिग्रिसम्म अध्ययन गर्नुपर्ने कृतिहरुलाई नाटकमा प्रश्तुत गर्ने लक्ष्य बनाएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *