ए डिभिजन लिग : सातदोबाटो र आर्मीको बराबरी – Nepal Press

ए डिभिजन लिग : सातदोबाटो र आर्मीको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लव र सातदोबाटो युथ क्लबले १(१ गोलको बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको पहिलो खेलमा मिडफिल्डर दिनेश हेनजनले ११औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले टेक बहादुरको क्रसमा कप्तान जर्ज प्रिन्स कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए ।

सातदोबाटाका लागि अजयि मार्टिन्सले खेलको १६ मिनेटमा बराबरी गोल फर्काए । उनले गोलकिपर अभिषेक बरालले दिएको लामो पासमा आर्मीका गोल किपर विकेश कुथुलाई बिटगर्दै सुन्दर गोल गरेका थिए ।

पहिलो हाफमा दुवै टोलिले सृजना गरेको गोलका थुप्रै अवसरहरु स्कोरमा कन्भर्ट हुन सकेन ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुवै टोलिले गोल गर्ने केही अवसरहरू खेर फालेका थिए ।

खेलको ६६ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङको लङपासमा आदित्य शाक्यले हेडरमार्फत् गोलको प्रहार फ्ररेममा परेन ।

यस्तै, ६९औं मिनेटमा आर्मीका विवेक बस्नेतको ब्याक पासमा सन्तोस तामाङले पेनाल्टि बक्स नजिकैबाट हानेको प्रहार गोलपोष्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

यो बराबरी सँगै आर्मीले एएफसी कप क्वालिफायर्स खेल्न मनाङ मर्स्याङ्दि क्लब र मछिन्द्र क्लबको नतिजामा भर पर्नुपर्ने भएको छ ।

पाँच खेलबाट ९ अंकसहित आर्मी तालिकाको तेस्रो स्थानमा छ । समान ५ खेलबाट ८ अंकजोडेको सातदोबाटो तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

आज हुने दोस्रो खेलमा साबिक विजेता मछिन्द्र र संकटा क्लब भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर